नियम १५८
परीक्षा सञ्चालन
: (१) यस नियमावली बमोजिम दिइएको तालीम समाप्त भएपछि परीक्षा लिनका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान भए प्रतिष्ठान प्रमुखले र क्षेत्रीय प्रहरी तालीम केन्द्रमा भए क्षेत्रीय प्रहरी कार्यालय प्रमुखले परीक्षा सञ्चालन समिति गठन गर्नेछन् ।
(२) उपनियम (१) बमोजिम गठित समितिलाई परीक्षा सञ्चालन सम्बन्धी सम्पूर्ण अधिकार हुनेछ ।
(३) उपनियम (१) बमोजिमको समितिले तालीम केन्द्रका अधिकृतहरूलाई जुनसुकै इलाकामा गई परीक्षा लिनका लागि खटाउन सक्नेछ ।